काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटारमा निर्माण गर्न लागिएको स्वास्थ्य चौकीको सो नगरपालिकाका प्रमुख कृष्णहरि थापाले शनिबार शिलान्याश गर्नुभएको छ ।
ब्रिटिस रेडक्रसको १ करोड ६५ लाख १३ हजार रुपैयाँको लागतमा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको समन्वयमा सो स्वास्थ्य चौकी भवन बनाउन लागिएको हो ।
भवन बनाउनका लागि कागेश्वरी मनोहरा नगरपालिकाले सो वडामा ३ रोपनी १० आना जग्गा निःशुल्क जग्गा उपलब्ध गराएको छ ।
आगामी २०७६ असार महिनाभित्र सो भवन बनाइसकिने शिलान्याश समारोहमा जानकारी गराइएयो ।