प्रदेश सदस्यद्वारा चाँगुनारायण अनुगमन

1253

भक्तपुर । नजिकिदै गरेको ठुलो एकादशीलाई मध्य नगर गर्दै प्रदेश सभा सदस्य सरस्वती बाटीले चाँगुनारायण परिसरको अनुगमन गर्नुभएको छ ।

एकादशीको दिन ठूलो संख्यामा भक्तजनको आवागमन हुने उक्त स्थानको सरसफाई मोटर पार्किङ, भक्तजनहरुका लागि आवश्यक स्वास्थ्य सेवा एवं सहज दर्शनका लागि भई रहेको कार्यको उहाँले अवलोकन गर्नु भएको थियो ।

बिश्व सम्पदा सुचीमा रहेको चार नारायण मध्ये जेष्ठ नारायण चाँगुनारायणमा एकादशीको दिन हजारौं भक्तजनको भिड लाग्ने गर्दछ उक्त भिडलाई कसरी ब्यवस्थित गर्ने स्वच्छ खानेपानी सफई एवं पार्किको ब्यवस्था कस्तो छ भन्ने विषयमा आफूहरु अवलोकन गर्न आएको प्रदेस सभा सदस्य सरस्वती बाटीले बताउनुभयो ।

अवलोकनमा चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले चाँगुनारायण मन्दिर दर्शन गर्न आउने भक्तजनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको थियो । उहाँले ठूलो एकादशीको दिन चाँगुनारायण नगरपालिकामा विदा दिने निर्णय समेत गरेको जानकारी दिनुभएको थियो । यस्तै उहाँले उक्त दिनको लागि आवश्य शौचालय खानेपानी तथा मार्ग सफा गर्ने काम सम्पन्न भएको जानकारी दिनुभएको थियो ।

अनुगमनमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष पनि रहनु भएको थियो ।