काठमाडौं । नियमित उपचारपछि क्यान्सर रोग निको भएकाव्यक्तिहरुलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमुलकफेशन सो र नृत्यकार्यक्रमआयोजनाहुने भएको छ ।
कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितात्मक रहने बताइएको छ ।
आगामी पुस २७गते अर्थात ११ जनवरी २०१९ माललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमासो कार्यक्रम आयोजनागर्न लागिएको हो ।
‘सुदिप्तक्यान्सर सर्भाईभल र्याम्पशो’नामदिइएको सो फेशनशोतथा नृत्यमाक्यान्सर निको भएर नयाँजीवन बिताइराखेका महिला र पुरुषगरि ३ दर्जन भन्दा बढीले भागलिने बताइएको छ ।
‘नेपालीको क्यान्सरउपचार नेपालमै’नाराका साथक्यान्सर निदान र उपचारमाविगत ८ वर्षदेखि सेवारत नेपालक्यान्सर हस्पिटलएण्ड रिसर्च सेन्टरहरिसिद्धि,ललितपुर र नेपालक्यान्सर सपोर्ट ग्रुप नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा र्याम्पशो आयोजनागर्न लागिएको हो ।
‘क्यान्सर लुकाएर बस्न हुँदैन, क्यान्सर लाग्दैमा आत्तिनु हुँदैन,समयमै उपचार गरे क्यान्सर निको हुन्छ रक्यान्सर भइसकेपछि पनिजीवनअझै बाँकी छ, हरेस खानहुँदैन’भन्ने सन्देश दिनपहिलोपटक फेशन सो आयोजनागर्न लागिएको सुदिप्तक्यान्सर सर्भाईभल र्याम्पशो कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले बताउनुभयो ।
नेपालक्यान्सर अस्पताल हरिसिद्धिका साथै विभिन्नक्यान्सर अस्पतालमा उपचार गरि नयाँजीवन पाएका व्यक्तिहरुलाई सहभागी गराई फेशनशो आयोजनागर्दा समाजमा आफ्नो क्यान्सर रोग लुकाएर बसेकाहरु प्नि स्वस्र्फूतरुपमा अगाडी आउने र समयमै क्यान्सर उपचार गर्नेछन भन्ने हामीले विश्वास गरेका छौं, कार्यक्रम संयोजक श्रेष्ठले भन्नुभयो ।
श्रेष्ठका अनुसार उक्त फेशनशोमा क्यान्सर निको भएका व्यक्तिहरुको अलावा नेपालकाचर्चित हास्यकलाकार द्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथै समाजका लव्धप्रतिष्ठित व्यक्तित्व, उद्योगपति, समाजसेवी, कलाकार, खेलाडी लगायतको सहभागिता रहने छ ।
विशुद्ध सामाजिक र सेवामुलक उद्धेश्यभएको कार्यक्रम भएकोले क्यान्सर निको भएर क्यान्सरबारे किताव लेख्दै गरेकीचर्चित वलिउड नायीका मनिषा कोइरालालाई पनि कार्यक्रममा सहभागी गराउनप्रयास भइरहेको कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो ।
‘सबैखाले क्यान्सरको उपचार नेपालमै संभव छ, उपचारको लागिकुनैपनिविरामीतनावलिएर र आर्थिक बोझबोकेर विदेश जानुपर्दैन’ नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकाकार्यकारी अध्यक्षएवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिपश्रेष्ठले भन्नुभयो । ‘यसप्रकारको सन्देशमुलककार्यक्रमले क्यान्सर विरामीलाई समयमै उपचार गराउनहौस्याउँछ’—नेपालक्यान्सर सपोर्ट ग्रुपकाअध्यक्ष समेत रहेका डा.श्रेष्ठले भन्नुभयो ।
नेपालक्यान्सर सपोर्ट ग्रुपले सुदिप्तक्यान्सर सर्भाईभल कार्यक्रममार्फतनेपालक्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत विरामी र क्यान्सर निको भइसकेकाव्यक्तिहरुसंग नियमित भेटघाट र छलफल गर्दै रोग लागेको बेलामाउनीहरुले भोग्नुपरेकाशारिरीक, मानसिक, आर्थिक र सामाजिकतनावन्यूनिकरणदेखि विरामीलाई आर्थिक सहयोग समेत गर्दै आएको छ ।
यसका साथै सो कार्यक्रममार्फत क्यान्सर विरामी, निको भइसकेकाव्यक्तिहरुसंग अस्पतालका चिकित्सक, मनोचिकित्सक र समाजसेवीवीच भेटघाट र छलफलका कार्यक्रमपनि सञ्चालनगर्दै आएको छ ।
डेढ वर्षको अवधिमानेपालक्यान्सर अस्पतालले१४ जनागरीवस्तनक्यान्सरकाविरामीको शल्यक्रियाको लागिजनही १ लाखतथासुदिप्तक्यान्सर सर्भाईभल कार्यक्रममार्फत २५ हजार रुपैयाँआर्थिक सहयोग गरिएको नेपालक्यान्सर अस्पताल तथा नेपालक्यान्सर सपोर्ट ग्रुपकी सदस्य समेत रहेकी स्वरुपाश्रेष्ठले बताउनुभयो ।
गरीवक्यान्सरकाविरामीको उपचारको लागि नेपाल सरकारले उपलव्ध गराएको १ लाखको उपचार सुविधाको साथै नपुग सानातिनाखर्च रोटरीक्लवअफ यल र विभिन्न दाताहरुबाट संकलन गरेर सहयोग समेत गर्दै आएको पनिश्रेष्ठले बताउनुभयो ।