रोम्वस स्कुल बसको ठक्करबाट विद्यार्थीको मृत्यु

4411

भक्तपुर । स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ रानीबारीमा कमलविनायक स्थित रोम्वस सेकेण्डरी स्कुलको बसले सोही विद्यालयको कक्षा एकमा अध्ययनरत प्रतिष्ठा खत्रीलार्ई ठक्कर दिदाँ उनको मृत्यु भएको हो । मृत्यु हुने ७ बर्षिया खत्री विद्यालयबाट बा १ क ७२५४ नम्वरको बसमा नै सवार भएर विद्यालयबाट घर फर्केकी थिईन् ।
विद्यार्थी पुञ्याउन आएको बसले नै उनलाई घरै नजिक ठक्कर दिएको थियो । ठक्कर दिएर घाईते भएकी प्रतिष्ठाको उपचारको क्रममा मध्यपुर अस्तालमा मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दिउसो २ ४० मा आफ्नै विद्यालयकी विद्यार्थीलाई ठक्कर दिने बस र बस चालक दिपक लाखेमरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
बालिका बस बाट झरी बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिएको स्थानीयले बताएका छन् ।