काठमाडौँ । नेपाल सरकारकार महान्यायधिवक्ता अग्नीप्रसाद खरेलले नेपालमा गरिवी, अज्ञानता र अशिक्षा नै मानव बेचविखनको मूख्य कारण भएको बताउनुभएको छ ।
माइती नेपालले शुक्रबार राजधकानीमा आयोजना गरेको मानव बेचविखन मुद्धामा पीडित तथा साक्षी प्रतिकुल वकपत्र अनुसन्धानमूलक “अध्ययन सार्वजनिकिकरण” कार्यक्रममा बोल्दै महान्याधिवक्ता खरेलले मानव बेचविखनको अन्त्य गराउन आफ्नो तर्फबाट देशका सवै अदालत तथा सरकारी वकिलहरुलाई कडाइका साथ कानुन अनुसार कार्यान्वयनमा ल्याउन निर्देशनात्मक पत्रचार गरिएको जानकारी गराउनुभयो ।
उहाँले लोभ, लालच, धम्कीका कारण पीडितले अभियोग फिर्ता लिने गरेको दुःखेसो व्यक्त गर्दै मानव बेचविखन सम्बन्धी परेका मुद्धाहरुमा अदालतले निरन्तर सुनुवाई गर्नुपर्नेमा जोड दिनुभयो ।
अदालतले पटक पटक मानव बेचविखन गर्ने व्यक्तिलाई उपस्थित गराउन पत्रचार गरे पनि प्रहरीले उपस्थित नगराउने गरेको बताउँदै त्यस प्रकारका गतिविधिलाई अन्त्य गराउन प्रहरी प्रशासनलाई कडाइका साथ अघि बढ्न आग्रह समेत गर्नुभयो ।
नेपाल सरकारका सचिव कृष्ण जिवी घिमिरेले डर, धम्की तथा आर्थिक प्रलोभनका कारण साक्षि नवक्ने प्रवृक्ति बढेकाले त्यसले सामाजिक मनोविज्ञानमा नकरात्मक असर पर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता तथा अनुसन्धानका सदस्य अनिता थापाले १४६ जनामानव बेचविखनमा परेका व्यक्तिहरुसँग सोध तथा अनुसन्धान गरिएको तथा २४ वटा सर्वोच्च अदालतका मुद्धाहरुलाई विश्लेषण गरी अध्ययन गरिएको जानकारी गराउनु भयो । उहाँले अध्ययनका क्रममा विशेषत अशिक्षा तथा रोजगारीको बहानामा मानव बेचविखन हुने गरेको बताउनुभयो ।
माइती नेपालका कार्यवहाक अध्यक्ष विश्वराम खड्काले कानुनी हकअधिकारमा पिडीत अनभिज्ञता हुनु बेचविखनको मुख्य कारण भएको बताउनुभयो । त्यस्तै मानिसमा चेतनाको अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उक्त अध्ययन सार्वजनिक गरिएको छ । अध्ययन देशभरका ६ जिल्लामा प्रत्यक्ष रुपमा स्थानीय तथा पिडितहरुसँग अन्तरक्रियाको माध्यमबाट गरिएको आयोजकले जनाएको छ । मोरङ, काभ्रे, वर्दिया, बाँके, काठमाडौँ र सिन्धुपाल्चोकका पिडितहरुसँग प्रत्यक्ष सहभागितामा गरिएको जनाइएको छ ।