बेबिलोनमा प्रहरी—विद्यालय समिति गठन
कठमाडौैं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कूलमा प्रहरी—विद्यालय समन्य समिति गठन गरियो ।
विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईको संयोजकत्वमा गठित सो समितिको सदस्य सचिवमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी अधिृकत रहने छन भने सदस्यहरुमा शिक्षकहरु डा.माधवन श्रीनिवास, धनश्याम दाहाल, अनिता सिग्देल, कमला केसी, शेखर कार्की, अभिभावकहरु अनुपराज पौडेल र राजश्री राई तथा विद्यार्थीहरुमा तुषार माकजु, एंगमा राई, सिम्रन केसी र राजन ठकुल्ला छन् ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा भएको सो समिति गठन कार्यक्रममा सामुदायीक सेवा केन्द्र पञ्चकुमारी बानेश्वरका उपाध्यक्ष बसन्तकुमार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा लैंगिक हिंसाबारे शुरु भएको १६ दिने अभियानमाथि प्रकाश पार्दै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक काफ्लेले पछिल्लो समयमा लैंगिक हिंसा र यौन दुव्र्यवहारका घटनामा वृद्धि हुँदै गएको उल्लेख गर्नुभयो ।
केही दिनअघिबानेश्वर क्षेत्रमै ६७ वर्षको एक वृद्धले ८ वर्षकी वालिकामाथि यौन दुव्र्यवहार गरेको, १५ वर्षकी किशोरीलाई उसकै उमेरको साथीले ८ महिनाको गर्भवती बनाएको जस्ता यौन दुव्र्यवहार भएको घटनामाथि वृत्तले छानवीन गरिरहेको बताउनुभयो ।
साइबर अपराध, लागुऔषध दुव्र्यसन, सडक सुरक्षा, अपराध न्युनिकरणलगायतका क्षेत्रमा अवका दिनमा प्रह्री र विद्यालय मिलेर विभिन्न जनचेतनामूलक कार्यक्तम सञ्चालन गर्न सजिलो हुने पनि डिएसपि काफ्ले्ले बताउनुभयो ।
त्यस अवसरमा बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेजबहादुर राई तथा प्रिन्सिपल राजु राईले डिएसपि काफ्लेका साथै सामुदायीक प्रह्री सेवा बानेश्वरका प्रमुख प्रह्री नयाव निरीक्षक बासुदेव नेपाललगायतलाई विद्यालयको तर्फबाट उपहार दिनुभयो ।