सुडालमा निःशुल्क स्वास्थ शिविरबाट पाँच सय जना लाभान्वित

477

सुडाल । चाँगुनारायण नगरपालिका वडा नं.८ सरस्वती माध्यामिक विद्यालय सुडालमा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ८५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको आयोजनामा शनिबार भएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, दाँत, बालरोग, स्त्रीरोग सहित सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा दाँत, आँखा र पाठेघर सम्बन्धी समस्या बढी देखिएको उपशाखा सभापति विदुर नेपालले बताउनुभयो ।

कोइका नेपालको सहयोगमा सञ्चालित शिविरमा नेपाल कोरीया मैत्री अस्पताल र धुलीखेल अस्पतालका दक्ष चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
स्वास्थ्य परिक्षणमा आउने विरामीहरुलाई कोइका नेपालको सहयोगमा पाँच सयजनालाई सरसफाईका सामाग्रीहरु वितरण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले आफ्नो स्वर्णवर्षको अवसर पारेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुसँगको समन्वय र सहयोगमा जिल्लाभरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले बताउनुभयो ।