बौद्ध सम्मेलन हुने

332

संगम लामा
काठमाडौं ।
राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन “राष्ट्रिय बौद्ध सम्मेलन(२०७५” गर्न लागिएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति अध्यक्ष खेम्पो कर्मा छिरिङ टासी लामाले बताउनुभएको छ ।

उहाँका अनुसार “शान्त, समृद्ध राष्ट्रको लागि बौद्ध दर्शन र सम्पदा प्रवद्र्धन” नाराका साथ बौद्ध दर्शन र सम्पदाहरुको संरक्षणका समस्या र अवसरहरुलाई पहिचान गर्दै बौद्ध दर्शनमार्फत देशको धार्मिक पर्यटकको संख्या वृद्धि गराउने उद्धेश्यले सम्मेलन गर्न लागिएको हो ।

हामीलार्इ दिएका जानकारी अनुसार सम्मेलनमा अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ र वज्रयान महासंघ सहआयोजक रहने छ । भने आगामी २३ गते आइतवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान हल, जावलाखेल, ललितपुरमा हुने जानकारी दनुभायो ।

अध्यक्षका अनुसार करिब २७०० गुम्बा (गोन्पा) विहार बहाः बहिःहरुको एक मात्र माथिल्लो सरकारी निकाय हो । यसर्थ आगामी दिनहरुका लागि भावी रणनीति तर्जुमा गर्दै देशमा शान्ति र अमनचयन कायम गर्नका लागि कसरी भूमिका निर्वाह गर्न सकिन्छ रु भन्ने विषयमा समेत ठोस कदम चालेको स्मरण गराउनुभयो ।
उनले थपे ( शास्ता बुद्धका पञ्चशीललाई आम जनसमुदाय समक्ष पुर्याई अनुशासित सभ्य र कर्मठ देशभक्त उत्पादनमा समेत ठोस सहयोग पुग्नेछ ।

बुद्ध जन्मेको देशमा एउटा सरकारी निकायबाट राष्ट्रिय बौद्ध सम्मेलन गर्नुपर्ने दायित्वलाई समेत मध्यनजर गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नका लागि बलियो जग बनाउनुपर्ने समेत देखिएकोले यो सम्मेलनको आयोजना गर्न लागिएको गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरूङले बताउनुभयो ।

प्राचीन बौद्ध धरोहरहरु, बुद्धको जन्मभूमि, बौद्ध तीर्थहरुलाई विश्वमाझ चिनाउदै धार्मिक पर्यटनको माध्यमबाट आयमा ठुलो सम्मेलनको योगदान हुने आयोजकको ठम्याइ छ ।