वालसारथीका केटाकेटीलाई न्यानो ज्याकेट

274

काठमाडौं । गौरीघाटस्थित बाल सारथी स्कूलका एकसयजना विद्यार्थीले जाडोमा न्यानो ज्याकेट उपहार पाएका छन् ।

टेनेस्सी, अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको सामाजिक संस्था ‘नेपाली सोसाइटी चाट्टानुगा, टेनेस्सी’ -Nepali Society of Chattanooga Tennessee, USA_ की सदस्य कृष्णा महर्जनको पहलमा संकलित रकमबाट वाल सारथीका विद्यार्थीलाई आइतबार ज्याकेट वितरण गरिएको हो ।

काव्य स्कुल नयाँबानेश्वर र विष्णु बास्कोटा फाउण्डेशनको अमेरिकी भगीनि संस्था ‘निकेल्स फर नेपाल’ मार्फत अमेरिकामा संकलित रकम पठाएर वाल सारथीका केटाकेटीलाई ज्याकेट दिइएको हो ।

काव्य स्कुलका संस्थापक प्रिन्सिपल तथा विष्णु बास्कोटा फाउण्डेशनका अध्यक्ष नवराज बास्कोटा, काव्य स्कूलका निर्देशक सुनिल कुमार घर्ती तथा कृष्णा अमात्यका बुबा र दिदी लक्ष्मी महजर्नले ज्याकेट वाल सारथीका विद्यार्थीलाई वितरण गर्नुभएको थियो । साथै सो संस्थाले ती विद्यार्थीहरुलाई विद्यालयमै मासुभात समेत खुवाएको थियो ।

सोही अवसरमा काव्य स्कूलको तर्फबाट ति विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पनि वितरण गरिएको थियो । काव्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटा र निर्देशक सुनिल कुमार घर्तीले विद्यार्थीलाई शैक्षिक सामाम्री वितरण गर्नुभएको थियो ।

यसअघि विद्यालयकी संस्थापक प्रिन्सिपल माला खरेलले दाताहरुलाई रुदाक्षको माला लगाएर स्वागत गर्नुभएको थियो ।

तीनै संस्थाको सहयोगमा गतवर्ष वाल सारथीका विद्यार्थीलाई जुत्ता र मोजा उपहार दिइएको थियो ।