भक्तपुरका कराँते खेलाडीलाई विदेशमा सफलता

419

भक्तपुर । भक्तपुरका कराँते खेलाडीहरुले विदेशमा सफलता हाँसिल गरेका छन् ।

ईन्डोनेसियाको जाकार्तामा भएको छैठौं एसियन कराँते प्रतियोगितामा अमित थापाले स्वर्ण पदक हात पारेका हुन् भने सन्जु नगरकोटीले कास्य पदक जित्न सफल भएकी थिईन् ।

यस्तै सोही टोलिले मलेसियाको कोलालम्पुरमा भएको पाँचौ अन्तर्रा्ष्ट्रिय खुल्ला कराँते मेयर कप प्रतियोगितामा सरु मानन्धर र कमल वाईवाले रजत पदक हाँसिल गरेका थिए भने सन्जु नगरकोटीले कास्य पदक र टिम खेलमा पनि सरु सँग उनले रजत पदक हाँसिल गर्न सफल भएकी थिईन् ।

गोजिरियो कराँते भक्तपुरबाट विदेशमा गएका खेलाडीले सफलता हाँसिल गर्नु गौरभवको विषय भएको प्रशिक्षक एवं गोजिरियो कराँते संघ केन्द्रिय कोषाध्यक्ष सानु काजी नगरकोटीले बताउनुभयो ।

उहाँका अनुसार दुई देशमा अलग अलग समयमा भएका खेलहरुमा उनीहरुले हाँसिल गरेको सफलता नेपालका लागि गोजिरियो कराँतेको विकासमा एक खुड्किलो सावित हुने बताउनुभयो ।

भक्तपुरका