कन्टेनरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु एक घाईते

557

भक्तपुर । भक्तपुर नगरपालिका ठुलो ब्यासी महाकाली स्थितमा डेकोचामा कन्टेनरको ठक्करले एकको मृत्यु भएको छ भने एक गम्भिर घाईते रहेका छन् । डेकोचाबाट सानो ब्यासी तर्फ आउदै गरेको ना ७ ख १६४७ नंम्वरको को कन्टेनरले सोही दिशातर्फ आउदै गरेको
बा ९३ प २६९२ को स्कुटीलाई ठक्कर दिँदा स्कुटीको पछाडी सवार काभ्रे बनेपा नगरपालिका नासिकास्थान घर भई हाल जिल्ला काठमाण्डौ सामाखुशी बस्ने बर्ष २३ की कबिता तामाङ घाईते भई उपचारका लागी भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
यस्तै स्कुटी चालक जिल्ला मकवानपुर बाग्मती गाँउपालिका(
फापरबारी घर भई हाल जिल्ला काठमाण्डौ बालाजु बस्ने बर्ष २७ की नानुमाया बाईबाको बि एण्ड बि अस्पताल ललितपुरमा उपचार भईरहेको छ ।
ठक्कर दिने कन्टेनर चालक मकवानपुर जिल्ला थाहा नगरपालिका २ बस्ने बर्ष ३४ को जिवन कुमार थापा महानगरीय प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा रहेको भक्तपुर प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भइरहेको उनीहरुले जनाएका छन् ।