आरुघाट (गोरखा)–
भूकम्पको ३ वर्ष बितिसक्दा पनि घर बनाउन नसक्नेहरूको पीडालाई ध्यानमा राखीगोरखाको आरुघाट गाउँपालिकाले भूकम्पपीडित घुम्ती कोष खडा गरेको छ ।जसले आर्थिक अभावका कारण पहिलो किस्ता लिएर पनि घर बनाउन नसकेकालाई घर बनाउन सहयोग गर्ने उद्देश्य राखेको छ ।
१० लाख रुपियाँको कोष निर्माण गरिएको छ । अनि यो घुम्ती कोष सञ्चालनका लागि गाउँपालिकाले एक कार्यनीति नै बनाएको छ ।यो कार्यनीतिले नै भनेको छ कि मानव तथा आर्थिक स्रोत नभएका अति विपन्न दलित, एकल महिला, असहाय÷अपाङ्ग तथा सङ्कटापन्न घरधुरीले घर पुनर्निर्माण गर्न यस कोषबाट सहयोग पाउने छन् ।
यो कोषबाट एकजनाले एक लाख रुपियाँसम्म सापटी लिन सक्छन् । त्यस्तो सहयोग पछि फिर्ता त गर्नुपर्छतर यसको ब्याज भने एक पैसा पनि तिर्नुपर्दैन । यति प्रभावकारी देखिएको छ कि अहिलेसम्म २७ जनाले सापटी लिएका छन् । अनि आफ्नो अधुरो घर निर्माण गरिरहेका छन् । आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहालले सुनाए– घुम्ती कोष त हामीले सोचेभन्दा पनि प्रभावकारी पो देखियो ।
यो घुम्ती कोषको आफ्नै नियम छ । यसबाट सापटी पाउने व्यक्ति पहिलो किस्ता लिएर पनि घर निर्माण गर्न नसकेको हुनुपर्छ । यस्तो व्यक्तिलेयो कोषबाट एक लाख रुपियाँ सापटी पाउँछ ।तर दोस्रो किस्ता पाएपछि भने त्यसरी लिएको सापटी रकम बुझाउनुपर्ने छ । अनि यसरी बुझाइएको पैसा फेरि अर्को यस्तै घर बनाउन नसकेको व्यक्तिले पाउँछ ।
यो रकम त्यत्तिकै वा निवेदन दिँदैमा भने पाइन्न ।
आफू पहिलो किस्ता लिएर पनि पैसा अभावमा घर बनाउन नसक्ने व्यक्ति भएको सिफारिस आफू बसेको वडाको वडाध्यक्षले गरिदिनुपर्छ ।यसरी सापटी लिनेले तिरेनन् भने त्यो तिराउने जिम्मेवारी पनिसिफारिस दिने वडाध्यक्षकै हुने गर्छ ।त्यसैले दोस्रो किस्ता दिँदा पुनर्निर्माण प्राधिकरणले गाउँपालिकासँग समन्वय गरेरमात्र उपलब्ध गराउने परिपाटी पनि मिलाएको छ ।
गाउँपालिकाले यसरी सापटीबापत दिएको रकम सबैले खुसीसाथ तिर्ने गरेका छन् । एक त दोस्रो किस्ता लिँदा नै गाउँपालिकाको समन्वयमा दिइने भएकाले उसले कबोलअनुसार नै तिर्नुपर्छ नै, दोस्रो यसरी लिएको सापटी फिर्ता नगरेमा वडा तथा गाउँपालिकाबाट प्राप्त हुने कुनै पनि सुविधा दिइन्न ।