सामुदायिक विद्यालय स्तर उन्नतिका लागि प्रत्येक स्थानीय तहमा समिति

387

दोलखा । समाुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नेपालले सवै स्थानीय तहमा समिति विस्तार गर्ने भएको छ ।
विद्यालयमा बढ्दो राजनीतिकरण , वर्षेनी खस्किदै गरेको शैक्षिक उपलब्धी लगायतका समस्या समाधान गर्न सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसंघ नेपालले सबै स्थानीय तहमा समिति विस्तारको अभियान सुरु गरेको हो ।

महासंघको ३ नम्बर प्रदेश समितिको अगुवाईमा सामुदायिक विद्यालय सुधारको विषयलाई महत्व दिदै स्थानीय तहमा समिति गठनको अभियान थालनी गरेको हो ।

दोलखा जिल्लाका ३ वटा स्थानीय तहहरु बिगु , कालिञ्चोक र गौरीशंकर गाउँपालिकालाई लक्षित गरि सिंगटी बजारमा आयोजना गरिएको ३ पालिका स्तरिय भेलाले ३ वटा छुट्टाछुट्टै समिति गठन गरेको हो ।

नव गठित समितिको अध्यक्षहरुमा कालिञ्चोक गाउँपालिकामा घनश्याम शिबाकोटी , बिगु गाउँपालिकामा धन बहादुर ठकुरी र गौरीशंकर गाउँपालिकामा प्रकाश बस्नेतको नेतृत्वमा सबै सामुदायिक विद्यालयका पदाधिकारीहरु रहने गरि गठन भएको छ ।

महासंघकी ३ नम्बर प्रदेश समितिकी सदस्य पार्बति खड्काले सरकारले ठुलो परिमाणमा बजेट खर्च गरेका सामुदायिक विद्यालयको अवस्था सुधार गर्न महासंघको स्थानीय समिति गठन गरेको बताइन् ।
उनले सामुदायिक विद्यालयमा हुने विकृति र विसंगतिलाई पुर्णरुपमा अन्त्य गरि छाता संगठनको रुपमा महासंघले काम गर्ने समेत जानकारी दिएकी छन् ।
महासंघको स्थानीय समिति गठनका लागि आयोजना गरिएको कार्यक्रममा बिगु गाउँपालिकाका प्रमुख युधिष्ठिर खड्काले सबैले आ आफ्नो धर्म निर्भिकतापुर्बक निर्बाहा गर्ने हो भने सामुदायिक विद्यालय मुलुककै अब्बल बन्ने बताएका छन् ।

उनले आफ्नो स्थानीय तहमा सामुदायिक विद्यालयको अबस्था सुधार गर्न गाउँपालिकाले विशेष महत्वका कार्यक्रमहरु सुरु गरेको बताएका छन् ।
अध्यक्ष खड्काले आफ्नो कार्यकाल अवधिभर सामुदायिक विद्यालयहरु निजी सरह बनाउनमा गाउँपालिका लमगिरहेको दाबी गरेका छन् ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ ३ नम्बर प्रदेश समितिका अध्यक्ष केशब प्रसाद चालिसेले सामुदायिक विद्यालयको अवस्था सुधार नहुने हो भने मुलुकमा ठुलो संकट सिर्जना हुने र न्युन आय भएका नागरिकका छोराछोरीले गुणस्तरिय शिक्षा लिन नपाउने बताएका छन् ।

उनले महांसघको स्थानीय समितिले विद्यालयका स सना समस्याहरुलाई केलाएर समाधान गर्ने र सरोकारवालाहरुको ध्यानआकर्षण गर्ने दाबी गरेका छन् ।

कार्यक्रममा ३ वटै गाउँपालिकाका स्रोत व्यक्तिहरु महांसंघकी प्रदेश सदस्य सरस्वती रायमाझी लगाएत ३ स्थानीय तहका सामुदायिक विद्यालयको प्रतिनिधित्व गर्ने व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिीति थियो ।