सारा संसार चकित पार्दै चीनमा सुरु भयो ‘सेक्स डल’को अनौठो धन्दा

1467

एजेन्सी। चीनमा सेक्स डलको अनौठो धन्दा सुरु भएपछि सारा संसार चकित परेको छ । चीनको एक कम्पनीले सेक्स डलको अनौठो धन्दा सुरु गरेको हो ।

यो कम्पनीले आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गर्दै यस्तो धन्दा सुरु गरेको हो । कम्पनीले देशका पुरुषहरुको यौन इच्छा पूरा गर्नको लागि नयाँ सेवा सुरु गरेको छ । टच नामको यो कम्पनीले अहिले सेक्स डल भाडामा दिन सुरु गरेको छ ।

कम्पनीले बेइजिङमा शेयर्ड गर्लफ्रेण्ड नामबाट सेवा सुरु गरेको छ । यी सेक्स डल फोन एपको माध्यमबाट बुक गरिन्छन् । लगभग एक हप्ताको लागि यिनीहरुलाई बुक गर्न सकिन्छ । ग्रहकले डलको आउटफिट, हेयरस्टाइलदेखि अन्य सामग्रीहरु पनि इच्छाअनुसार रोज्न सक्छन् । यी डल २९८ युआन अर्थात झण्डै ५ हजार नेपाली रुपैयाँमा पाइन्छ ।