भक्तपुर । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ को लनटेनिस खेलाडी छनोट पूरा भएको छ । पुरुषमा ५ र महिलामा ३ खेलाडी छनोट भए । पुरुषमा भक्तपुरका कृष्णगोविन्द कासुला, काठमाडौंका शिवराम राना मगर, ललितपुरका निशान श्रेष्ठ, ललितपुरकै इभेक जोशी र मकवानपुरका कुमार जिसी छनोट भए । महिलामा ललितपुरकी प्रकृति श्रेष्ठ, ललितपुरकै रायना शाह र काठमाडौंकी अल्सा रेग्मी छानिए ।
यस्तै, आठौंका लागि गण्डकी प्रदेशबाट टेनिस खेलाडी छनोट भएका छन् । पुरुषतर्फ अनिल शाही, प्रदीप खड्का, नवीन मगर, गोविन्द नेपाली र धरमबहादुर लामिछाने छानिएका छन् ।
त्यसैगरी, कुमार अधिकारी, गोपीबहादुर भट्टराई र विष्णु नेपाली वैकल्पिक खेलाडीका रूपमा छनोट भएको कास्की जिल्ला टेनिस संघका महासचिव नवीन चालिसेले जानकारी दिए ।
महिलातर्फ रोमिका बुद्धाचार्य, श्रृया भट्टराई, सुप्रिया बसेल, विमला बसेल र गंगा शर्मा छनोट भएका छन् । टिम कोचमा निरज थापा छन् ।