कतारमा ज्यान गुमाएका दुई नेपालीका परिवारलाई १ करोड २० लाख क्षतिपूर्ति

332

 

दोहा । कतारमा ज्यान गुमाएका दुई नेपालीका परिवारले राहत पाएका छन् । कतारको आन्तरिक मामिला मन्त्रालयले सन् २०१४ मा मृत्यु भएका शिरण कापर र पूर्ण बहादुर सार्कीका परिवारले राहतस्वरुप कतारी रियल २२ लाख (नेपाली झण्डै ६० ६० लाख) पाएका हुन्। कतार स्थित नेपाली दूतावासको निरन्तर पहलमा मन्त्रालयले मृतकका परिवारका सदस्यहरु काकुल्ती देवी कापर र शान्ती सार्की लाई कतारमा झिकाएर दूतावासको रोहवरमा क्षतिपूर्ति रकम हस्तान्तरण गरेको नेपाली दूतावासले जानकारी दिएको छ।

यस अघि क्षतिपूर्ति रकम प्राप्त गर्ने सिलसिलामा महामहिम राजदूतले कतार सरकारका सम्बन्धित अधिकारीहरुसँग भेटघाट गरी विशेष पहल गरेका थिय। मृतकको पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले उक्त क्षतिपूर्ति रकमले परिवारको जीविकोपार्जनमा सहयोग पुग्ने छ ।

Source link