‘छोराछोरीलाई मोवाइल दिँदैमा दंग नपर्नुस’ : प्रहरी

280

न्यु श्राइनको वार्षिकोत्सव

काठमाडौ । नयाँबानेश्वर सहभागिता मार्गस्थित न्यु श्राइन एकेडेमी हाईस्कुल (प्रस्तावितः नेपाल विद्यापीठ) को वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको आयोजना गरि शुक्रबार मनाइएको छ ।

अभिभावकहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमलाई सम्वोधन गर्दै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले छोराछोरीले माग गरेकै भरमा उनीहरुलाई मोवाइल, स्मार्ट फोन र ट्याब दिएर दंग नपर्न अभिभावकलाई सुझाए ।

पछिल्लो समयमा विद्यालयमा पढ्दै गरेका वालवालिका र किशोरकिशोरी सामाजिक सञ्जालमा फसेका कारण साइबर क्राइम बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै डिएसपि काफ्लेले भने—‘मोवाइल पाएका आफ्ना छोराछोरीले सामाजिक सञ्जालमा के के हेरिराखेका छन, मेसेन्जरमा कोसंग कुरा गरिाखेका छन, बेलैमा चियोचासो राख्नुस् नत्र पछुताउनुपर्ला ।’

त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि पुर्व न्यायधिस पवनकुमार ओझा, डिएसपि काफ्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि मैनाली र प्रिन्सिपल विनोद तिमल्सिनालगायतले विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पदक, पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा सो विद्यालयको सौजन्य तथा नयाँबानेश्वर वृत्तको सहकार्यमा तयार गरिएको शान्तिसुरक्षा सम्वन्धि जनचेतनामूलक पर्चा पम्प्लेट डिएसपि काफ्लेले विद्यालयका प्रिन्सिपल तिमल्सिनालाई हस्तान्तरण गर्नुका साथै विद्यार्थी तथा अभिभावकलाई वितरण गरियो ।

सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि मैनाली र उहाँकी धर्मपत्नि निर्मला मैनालीको नाउँमा स्थापना गरिएको कृष्णकला सेवा संस्थाको तर्फबाट कक्षा १ देखि १० सम्मका उत्कृष्ट १० जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

सो अवसरमा यदुनाथ गुरागाईद्धारा लिखित ‘सुरभि गीता, गीति ज्ञान’ पुस्तक विद्यालयलाई उपहार दिइएको थियो ।