ताथलीमा ट्रक दुर्घटना एक घाइते

278

ताथली । चाँगुनारायण नगरपालिका–९ ताथलीमा मिनी ट्रक दुर्घटना हुँदा एक घाइते भएका छन् । ट्रक खाल्डोमा खस्दा च्यापिएर एक जना घाइते भएका हुन् ।

सरस्वती इट्टा भट्टाका कामदार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ का ४० वर्षीय बुद्धिमान तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

बिहान साढे ७ बजे सोही इट्टा भट्टाको बा २ ख १२१३ नम्बरको मिनी ट्रक पछाडि सार्ने क्रममा करिब २ मिटर तल खाल्डोमा खस्दा उनी च्यापिएर घाइते भएका हुन् ।

घाइतेको मध्यपुर अस्पताल ठिमीमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार गाडी चालक घाइतेको उपचारमा संलग्न छन् ।