निशुल्क स्वास्थ्य शिविरमा ५ सय ८ लाभान्वित

283

भक्तपुर ।
भक्तपुरको दरवार स्क्वायरस्थित श्री पद्म मा.बि.तथा पद्म कलेज भक्तपुरले निशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा मध्यपुर अस्पताल थिमिको प्राविधिक सहयोगमा बिभिन्न अनुभवी बिशेषज्ञद्धारा ५सय ८ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
कलेजको प्राङ्गणमा आयोजित शिविरमा सामान्य चिकित्सा,स्त्री रोग,मुटु रोग,नशा रोग,नाक,कान ,घाँटी,बाल रोग तथा हाडजोर्नी सेवा उपलब्ध गरिएको स्कुल तथा कलेजका प्राचार्य राम हाडाले बताउनुभयो ।
हरेक बर्ष कम्तिमा एक पटक स्कुलले निशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गर्दै आईरहेको बताउँदै प्राचार्य हाडादे शिविरमा बिद्यार्थी,शिक्षक,अभिभावक र स्थानीयको सहभागिता रहेको जानकारी दिनुभयो ।
कलेजमा बृहत निःशुल्क स्वास्थ्य शिविरमा मध्यपुर अस्पतालले प्राबिधिक सहयोग उपलव्ध गराएको थियो । शिविरमा विद्यालय अध्ययनरत विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दा गरी पाँच सय आठ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
विद्यार्थी र अभिभावकको स्वास्थ्य राम्रो बनाई गुणस्तरीय पढाई सञ्चालन गर्ने विद्यालय÷कलेजको लक्ष्य अनुसार, सो शिविरको आयोजना गरिएको प्राचार्य हाडाले बताउनु भयो ।
प्ले ग्रुपदेखि स्नातकोतर सम्म पढाई हुने विद्यालयमा एक हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । सो संस्थामा समान्य देखि इन्जिनीयरिङ्गसम्मको पढाई सञ्चालन हुदै आएको छ । विद्यार्थी, शिक्षक, अभिभावक र टोल छिमेकी स्वस्थ्य भए पढ्ने, पढाउँने, सोच्ने क्षमतामा बृद्धी भई शिक्षाको स्तर माथि उकास्न मद्धत पुग्ने उदेश्यसहित श्री पद्मले वर्षेनी यस किसिमको शिविरको आयोजना गर्दै आएको प्राचार्य हाडाले बताउनुभयो
शिविरमा निःशुल्क औषधि वितरण गरिएको मध्यपुर अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले बताउनुभयो ।डा.सरोजकुमार सुवाल,डा.रबिना प्रधानाङ्ग,डा.मोहन सुवेदी ,डा.अजितकुमार सिंह,डा.सुजितकान्त मैनाली ,डा.किसन कुसुवा लगायतका चिकित्सकले बिरामीको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
बरिष्ठ हाडजोर्नी तथा नशारोग बिषेशज्ञ डा.रामकृष्ण श्रेष्ठले अनुगमन गर्नुभएको शिविरमा अस्पताल संचालक सुशिलराज पंच,कलेज संचालक समिति अध्यक्ष बाबुराजा जोशी लगायतले सहजीकरण गर्नुभएको थियो ।