रहस्यमय बन्दै हनुमन्ते पुलमुनि मृत भेटिएकी सुनमायाको घटना

893

भक्तपुर। विद्यालय भ्रमणका लागि भक्तपुर आएकी ११ बर्षिय बालिका हराएको एक महिना पछि भक्तपुरको राधे रोधे स्थित हनुमन्ते पुल मुनि मृत भेटिएकी थिइन् ।

काभ्रेको मण्डन–देउपुर नगरपालिका–१० स्थित उमासह शिक्षालय मावि कक्षा पाँचमा अध्ययनरत सुनमाया तामाङ पुष २७ गते भ्रमणका क्रममा भक्तपुरबाट हराएकी थिइन् भने उनी माघ २६ गते भक्तपुरमै मृत फेला परेकी थिईन ।

भक्तपुर न्यूज आफ्नो अनलाईन संस्करणमा लेख्छ हराएपछि खोजीलाई तिव्र पारेता पनि भक्तपुर प्रहरीले जिवितै भेटाउन आफ्नो सक्दो जनशक्ति र भरपुर उपाय प्रयोग गरेता पनि मृत सुनमाया हनुमन्ते पुल मुनि झन्डै एक महिना पछि फेला पारेको थियो ।

मृत फेला परेकी तामाङको घाँटि माथिको भाग पहिचान गर्न नसकिने अवस्थामा प्रहरीले भेटेको थियो । उनको शव भेटिएको स्थानमै फोरेन्सिक टिम बिज्ञ डा। तुलसी कँडेलेको टोलीले जाँचबुझ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरको प्रवक्ता रेवती रमण पोखरेलले जानकारी दिए ।

उनले भने, ‘यो घटना वा दुर्घटना के हो भन्ने बिषयको जड हालसम्म पनि पत्तो लाग्न सकेको छैन् । तर प्रहरी यो घटना वा दुर्घटनाको खोजीको विषयमा लागि परेको छ ।’

शवको पोष्टमार्टम पश्चात शरिरको कुनै पनि भागमा चोट पटक नदेखिएको र जबरजस्ती करणी पनि नभएको उनले जानकारी दिए । उनले भने, ‘यी कारण मात्र नभएर प्रहरीले पोइजनको परिक्षणका लाथि समेत प्रक्रिया अघि बढाएको छ र त्यस्को रिपोर्ट आउन बाँकी रहेको छ ।’

हालसम्म अनुसन्धानका क्रममा खासै उपलब्धी हात पार्न नसकेता पनि प्रहरीले हरेक कोणबाट अुनसन्धान जारी राखेको समेत पोखरेलले बताए ।

शंकास्पद मानिएका ब्यक्ति मृतकका आफन्त हुन् वा अन्य सबैलाई अनुसन्धानको दायरमा राखि सोधपुछ गरिरहेको पोखरेलले बताए । ‘प्रहरीले यो घटनलाई लिएर रातो दिन नभनि काम गरिरहेको छ तर पनि त्यसको परिणाम भने पाउन नसकिरहेको अवस्था छ ।’ उनले भने, ‘हेरौं जति सक्दो छिट्टो यसको चुरो कुरो पत्तो लगाएरै प्रहरीले केस बन्द गर्ने छौं ।’

परिवारमा हजुरआमासँग बस्दै आएकी सुनमायाको बुबाको ६ बर्ष अघि नै निधन भईसकेको र आमा पनि उनीसँग नभएर छुट्टै बस्दै आएको तर पर्वका बेला भने छोरीका लागि लत्ता कपडा पठाउँदै आएको प्रहरीले जनाएको छ ।

मृत भेटिए पछि शवको पहिचान गरि पोष्टमार्टम गरि दाह–संस्कार पश्चात मृतक सुनमायाकी हजुरआमाले ज्यान सम्बन्धि मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।