
काठमाडौं । बोधी एचडी तथा 8848 मिडियाको डिजिटल माध्यमबाट विश्वव्यापी प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘तुलसी’को शीर्ष गीत ‘सिम सिम पानी’ बोलको गीत आज यूट्युबमा सार्वजनिक भएको छ। गीतमा बलिउडकी सदाबहार गायिका आशा भोषलेको स्वर रहेको छ।
वरिष्ठ चलचित्र तथा नृत्य निर्देशक राजु साहको कोरीयोग्राफी रहेको यो गीतमा आशा भोसले- भ्वाईस अफ वलिउडले स्वर दिएकी छन् भने वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीत भरेका छन। मिजास ईन्टरटेनमेन्ट एण्ड मिडीया प्रालिको ब्यानरमा चलचित्रको शंकर घिमिरेको निर्माण तथा निर्देशन एवं ऋचा घिमिरेको प्रस्तुति रहेको छ भने।
गीतलाई कास्कीको धम्पुसमा स्थानीय बालबालिकाहरुका साथ अभिनेत्री ऋचा घिमिरेको प्रस्तुती रहेको यो गीत सबै उमेरका दर्शकहरुले मन पराउने विश्वास आयोजकको छ। “चलचित्रको अघिल्लो गीतझैँ मन पराइदिने कुरामा विश्वस्त छौं”, चलचित्रका निर्माता तथा निर्देशक शंकर घिमिरेले भने।















































प्रतिकृया दिनुहोस