छोरी, ज्वाइँ तथा पत्नीका साथ प्रचण्ड उडे अमेरिका

217

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार बेलुका अमेरिका प्रस्थान गर्दै छन् । श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड परिवारका केही सदस्यसहित अमेरिका जान लागेका हुन् । पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि सीताको उपचारका लागि प्रचण्ड उनलाई लिएर अमेरिका जान लागेका हुन् ।

सीताको उपचार यसअघि भारत र सिंगापुरमा हुँदै आएको थियो । स्वास्थ्यमा खासै सुधार नआएपछि प्रचण्ड परिवार अमेरिका जान लागेको हो । प्रचण्ड र सीताका साथमा छोरीज्वाइँ गंगा र जीवन पनि अमेरिका जाँदै छन् ।

Purbeli TV

Source link