चितवन : गाई काटेको आरोपमा चितवनमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ जगतपुर, कृष्णचोकका विक्रम सार्की र रनबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनीहरुले पाल्ने भनेर छिमेकीबाट खरिद गरेको गाई काटेको आरोप छ। उनीहरुलाई गाईको मासुसहित पक्राउ गरिएको प्रहरीको दाबी छ। मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न, मार्न नपाइने उल्लेख छ। उक्त कानुन विपरीत काम गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ।
Source link








































