पाँचपोखरी सिन्धुपाल्चोक विद्यालयहरुमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण तथा महिला आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न
सिन्दुपाल्चाेक । वातावरण सुरक्षा, सामाजिक सेवा लगायत भोकमरी समस्यालाई हताउने उद्देश्यका साथ स्थापित लायन्स क्लव भक्तपुर न्यातापोलले सेवा नै परम धर्म हो भन्ने मनसायले लायन्स क्लव भक्तपुर न्यातापोल तथा लायन्स क्लव अफ काठमाण्डौ कोहिनुर सेन्टेनियलको आयोजनामा पुर्ण ह्याण्डमेड कलेक्सन, एल.सि.डि. मेटेरियल प्रोडक्सल हाउस र नेपाल सेल्फ डिफेन्स एशोसियसनको सहयोगमा पाँचपोखरी, थाङपाल–३, यार्सा सिन्धुपाल्चोकका ३ वटा विद्यालयहरुमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण तथा महिला आत्मरक्षा तालिम कार्यक्रम शनिबार प्रमुख अतिथि पाँचपोखरी, थाङपाल–३ का वडा अध्यक्ष ङिमा छिरिङ तामाङको आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट थाङपाल–३ का वडा अध्यक्ष ङिमा छिरिङ तामाङले भौगोलिक रुपमा विकट भएपनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण, पर्यटकीय, धार्मिक तथा पैदल यात्रा रुपमा निकै राम्रो संभावना बोकेको क्षेत्रका विद्यालयमा शैक्षिक सामाग्री, न्यानो कपडा र महिला आत्मरक्षा प्रशिक्षणले विद्यालयमा आगामी दिनमा केही शैक्षिक गतिविधि साथै महिला सुरक्षा हुने आशा व्यक्त गर्नु हुंदै लायन्स क्लव भक्तपुर न्यातापोल परिवार तथा नेपाल सेल्फ डिफेन्स एसोसिसनप्रति कृतज्ञता व्यक्त गर्नु भयो ।
लायन्स क्लव भक्तपुर न्यातापोलका अध्यक्ष तथा कार्यक्रमका सभापति सुरेन्द्र जाकिबन्जारले लायन्स क्लव भक्तपुर न्यातापोलले भक्तपुरमा सरसफाई, रक्तदान, दन्त परिक्षण, जनचेतना अभियान, चिनी रोगबारे जानकारी, Wheel chair वितरण जस्ता विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न भएको कुरा बताउनु हुंदै पाँचपोखरी, थाङपाल–३, यार्सा सिन्धुपाल्चोकका ३ वटा विद्यालयलाई लायन्स क्लव भक्तपुर न्यातापोल तथा लायन्स क्लव अफ काठमाण्डौ कोहिनुर सेन्टेनियलबाट सेवा पु¥याउन सकेकोमा खुशी व्यक्त गर्नु भयो ।

कार्यक्रममा लायन्स क्लव भक्तपुर न्यातापोलका पुर्व अध्यक्ष जितेन्द्र खायमलीले वर्तमान समयमा लैंगिक हिंसामा हरेक वर्ग, तह, तप्काका मानिस सुरक्षित नभएको विशेषगरी महिला सुरक्षा आवश्यक रहेकोले पाँचपोखरी, थाङपाल–३ का छात्राहरुलाई चेतनामुलक महिला आत्मरक्षा तालिम दिइएको हो, यसले भविष्यमा कुनै पनि हिंसाका गतिविधी रोक्न सक्ने कुरा बताउनु भयो ।
उक्त कार्यक्रममा पाँचपोखरी, थाङपाल–३, यार्सा सिन्धुपाल्चोकका ३ वटा विद्यालयको प्रतिनिधीत्व गर्नु हुंदै लार्के आधारभुत विद्यालयका प्रधानाध्यापक अजय धितालले सहयोगी हातहरु लायन्स क्लव

भक्तपुर न्यातापोल, काठमाण्डौ कोहिनुर सेन्टेनियल, पुर्ण ह्याण्डमेड कलेक्सन, एल.सि.डि. मेटेरियल प्रोडक्सल हाउस र नेपाल सेल्फ डिफेन्स एशोसियसन, कार्यक्रमका योजनाकार तथा परम मित्र रविन्द्र श्रेष्ठ र प्रकाश लामा डोङलाई विशेष धन्यवाद दिनु हुंदै यस पहलले विद्यालयमा केही उपलब्धी हुने आसा राख्दै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको कुरा बताउनु भयो ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण, पर्यटकीय क्षेत्रको मनोरम क्षेत्र तथा धार्मिक स्थल रहेको पाँचपोखरी, थाङपाल–३, यार्सा सिन्धुपाल्चोकको भोटाङ देवी मा.वि.मा ४० जना किशोरी महिलाहरुलाई शनिवार विहान नेपाल सेल्फ डिफेन्स एशोसियसनका प्रशिक्षक पद्मा खयरगोली, रविन्द्र श्रेष्ठ र रोजिना लोहलाले चेतनामुलक महिला आत्मरक्षा टेक्निीकल प्रशिक्षण दिइएको थियो ।

लार्के आधारभुत विद्यालयका प्रधानाध्यापक अजय धिताल, श्री दुखाङ आधारभुत विद्यालयका उर्मिला खड्का र श्री पेमाथाङ आधारभुत विद्यालयका राजु तामाङलाई शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको सो कार्यक्रममा आधारभुत विद्यालयका २०० जना छात्रछात्राहरुलाई लायन्स क्लव भक्तपुर न्यातापोलले न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको थियो ।
लायन्स क्लव भक्तपुर न्यातापोलका क्लव निर्देशक दिपेन्द्र प्रजापतिले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राजेन्द्र भुषण खयरगोली तथा धन्यवाद ज्ञापन श्याम सुन्दर बासुकलाले गर्नु भएको थियो ।







































