ललितपुर । ललितपुर महानगरपालिका वडा नं ५ स्थित मानभवन ब्याडमिन्टन क्लबद्वारा अन्तर सदस्यीय नवौं ब्याडमिन्टन प्रतियोगिता शनीवारबाट सुरु भएको छ।
कार्यक्रमको उदघाटन गर्दै वडा नं ५का वडा अध्यक्ष बिकासमान श्रेष्ठले खेलले भातृत्व प्रदान गर्ने बताए।
कार्यक्रममा उनले स्वस्थ शरीर भए मात्र बिकास निर्माणमा लगाउन सकिने भएकाले खेलको माध्यमबाट वडालाई समुन्नत र स्वस्थ समाज निर्माणमा लागि पर्ने बताए।उनले खेलकुदकोलागि सक्दो सहयोग गर्ने बताउँदै मानभवन ब्याडमिन्टन क्लबलाई एकलाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
सोही कार्यक्रममा राष्ट्रियगानका रचनाकार ब्याकुल माइलाले असल नागरिक बन्न खेलकुदले सहयोग पुरयाउने बताउदै राज्यले खेलकुदको बिकासमा लगानी बढाउनु पर्नेमा जोड दिए। उनले खेललाई अनुशासन सिक्ने माध्यम बनाउन आग्रह गरे। कार्यक्रममा हरि दाहाल,रमेश रोक्का लगायतले खेल मैदान बढे अस्पतालको संख्या घट्ने बताउदै खेलकुदको बिकास गर्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रमा अमर राईले क्लबका सदस्यहरू बीच प्रतियोगीता गराएर क्लबका सदस्यहरूलाई खेल प्रति आकर्षित गराउनु क्लबको उद्देश्य रहेको बताए ।
उनले २०६१ सालदेखि सुरु भएको प्रतियोगिता नवौं संस्करण २०७५ मा आईपुगेको बताउदै प्रतियोगितालाई निरन्तरता दिने र महानगरपालिका स्तरीय प्रतियोगिता गर्न लागि पर्ने बताए।
क्लबका ४१ सदस्यले भाग लिएको प्रतियोगितामा सिङ्गल र डबल गरि ६ समूह बीच खेल हुनेछ।
प्रतियोगिता चैत २३ गते सम्पन्न हुनेछ। प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेलाई नगद सहित पुरस्कारको ब्यबस्था गरिएको छ।
वडा अध्यक्ष बिकास मान श्रेष्ठले ब्याडमिन्टन खेलेर उदघाटन गरेको खेलमा अमर र कालिदासको जोडिले बिजयी सुरुवात गरेका छन्।