ग्यास सिलिण्डर विस्फोट हुँदा दुईको मृत्यु

252

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर पड्किँदा दुई को मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पा छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी मुकुन्द मरासिनीका अनुसार, उनीहरु भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपर चाकु जलविद्युत आयोजनाका मजदुर हुन् ।