प्रचण्ड अमेरिकाबाट नेपाल प्रस्थान

275

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार गरी बिहीवार नेपाल फर्किदै छन् ।

अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सीतासहित बिहीबार अपरान्ह स्वदेश आइ पुग्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

उनी अमेरिकाबाट नेपाल प्रस्थान गरिसकेका छन् । उनलाई न्युयोर्क विमानस्थलमा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीलगायतले बिदाई गरे ।

अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि गत चैत्र ३ मा अमेरिका गएका थिए । पार्किन्सस् रोगबाट ग्रसित सीताको उपचार अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किङ्स अस्पतालमा भएको हो ।