हत्याको २६ दिनपछि रमिलाको शब सप्तकोशीमा भेटियो

287

विराटनगर । मोरङको बेलबारीबाट बेपक्ता भएकी रमिला राईको शब सप्तकोशी नदीमा भेटिएको छ । उनी गत फागुन १७ गते देखि हराएकी थिइन् ।

उनको हत्या आरोपमा पक्राउ परेका नेकपा मोरङका स्थानीय नेता योगेन्द्र गुरुङको बयानका आधारमा रमिलाको शवको खोजी भइरहेपनि भेटिएको थिएन ।

तर बुधबार माछा मारिरहेकाहरुले बोरामा शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

गुरुङले गत फागुन १७ गते शुक्रवार मध्यरातमा २६ वर्षीया राईको हत्या गरी शव सप्तकोशीमा फालेको स्वीकार गरेपछि प्रहरीले कोशी ब्यारेज केन्द्रित भएर शवको खोजी गरिरहेको थियो । योगेन्द्र र रमिला प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

रमिला बेपत्ता भएको उजुरी आएपछि अनुसन्धानका क्रममा प्रहरीले फागुन २४ गते गुरुङलाई इलामबाट पक्राउ गरेको थियो । गुरुङले रमिलाको हत्या गरेर बा १५ च ७९१६ नम्बरको कारमा राखेर शव कोशी ब्यारेजमा फालेको बयान दिएका थिए ।