भक्तपुरमा विप्लवका दुई जिल्ला सदस्य पक्राउ

470

भक्तपुर । भक्तपुरमा विप्लवका दुई जिल्ला सदस्य पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीले विप्लवका जिल्लास्तरीय नेता चमारसिंह तामाङ र सविन बिक विरही भन्ने बुद्धराज सुनारलाई नियन्त्रणमा लिइएको हो ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरीय नेतालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

तामाङ काभ्रेको मन्दन देउपुर नगरपालिका ३ निवासी हुन् भने सुनार काठमाडौं निवासी हुन् ।

प्रहरी उपरीक्षक श्रेष्ठले विप्लवका थप नेता तथा कार्यकर्ताहरुको खोजी भइरहेको जानकारी दिदै उनीहरुबाट कुनै अप्रिय घटना हुनसक्ने सम्भावनालाई रोक्न जिल्लाका क्रियाशील सबै नेता तथा कार्यकर्ताहरुको खोजी तीव्र बनाइएको जानकारी दिएका छन् ।