काठमाडौं । आईपीएल टी–२० क्रिकेटमा बिहीबार राति मुम्बई इन्डियन्सले सनसनीपूर्ण जित निकालेको छ । रोहित शर्मा नेतृत्वको मुम्बईले विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरलाई बैंगलुरुमा ६ रनले पराजित गर्न सफल भयो ।
मुम्बईले पहिले ब्याटिङ गर्यो । मुम्बईले ८ विकेटको नोक्सानीमा १८७ रन बनायो । रोहित शर्माले ३३ बलमा ४८ रन, सूर्यकुमार यादवले २४ बलमा ३८ रन बनाए ।
हार्दिक पाण्डेयाले १४ बलमा नटआउट ३२ तथा युवराज सिंहले १२ बलमा २३ रन बनाए ।
युजभेन्द्र चाहालले ४ विकेट तथा उमेश यादव र मोहम्मद सिराजले २–२ विकेट लिए ।
त्यसपछि ब्याटिङमा उत्रेको कोहलीको टिमले ५ विकेटको नोक्सानीमा १८१ रन बनाउन सक्यो ।
एबिडे भिलियर्सले ४१ बलमा नटआउट ७० रन बनाए पनि जिताउन सकेनन् । कोहलीले ३२ बलमा ४६ रन बनाए ।
जित नजिक पुगेर पनि सिम्रोन हेटमायरले ६ बलमा ५, कोलिन डे ग्राण्डहोमले ७ बलमा २ र सिभम दुवेले ५ बलमा नटआउट ९ रन बनाए ।
पछिल्ला ब्याट्सम्यानले धेरै बल खेलेर कम रन बनाएपछि मुम्बईलाई फाइदा भयो ।
जसप्रित बुमराहले २० रन दिएर ३ विकेट लिए । पछिल्ला विकेट बुमराहले लिएका थिए ।
यो जितपछि मुम्बईले दुई खेलबाट २ अंक जोड्दा बैंगलोर भने दुवै खेलमा पराजित भएको छ ।
यसअघि मुम्बईलाई दिल्ली क्यापिटल्सले हराएको थियो भने बैंगलोरलाई चेन्नाई सुपर किंगसले हराएको थियो ।