टाउनप्लानिङ्ग सरसफाईमा जुट्दै करियरका विद्यार्थी

276

काठमाडौं । वर्षभरी पढेर अन्तिम परिक्षा दिईबसेका करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी पेप्सीकोला, टाउनप्लानिङ्गका ७ , ८ र ९ कक्षाका ८० विद्यार्थी मंगलबारदेखि आफनो टोलको सरसफाईमा जुटेका छन ।

सरसफाई सम्वन्धी इन्स्ट्राग्राम सञ्जाल ‘ट्र«यासट्याग अभियान’ मार्फत ३ आर अर्थात रिसाइकल, रियुज र रिडयुस अर्थात खेर जाने सामाग्रीलाई पुनप्रयोगको सामान बनाउने, सोही सामान फेरी प्रयोग गर्ने र घरपरिवार र टोलमा फोहोरको मात्रा घटाउन विद्यार्थी र उनीहरुमार्फत स्थानीय समुदायलाई सचेत गराउने उदेश्यले विद्यालयले चारदिने सरसफाई अभियान शुरु गरिएको हो ।

भोलुन्टर सोसाइटी नेपाल मार्फत नेपाल आएकी नेदरल्याण्डकी लौरा गोल्डवर्ग र अष्ट्रियन विद्यार्थी क्लारा फास्चिंगको सहयोग तथा भोलुन्टर सोसाइटी नेपालको अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक लिन्डा गे्रसको प्रत्यक्ष सहभागितामा सो सरसफाई अभियान शुरु गरिएको हो ।

आफ्नो विद्यालय हाता, घर तथा समाजसंग मिलेर टोल र समाजमा सरसफाई गर्दै संकलन गरिएको फोहोरलाई पुर्नप्रयोग गर्न र त्यसबाट राम्रा सामाग्री बनाउने विद्यार्थीहरुलाई अभियानको अन्तिम दिन पुरस्कृत गरिने लाउराले बताइन ।

विदाको समय सदुपयोग गर्दै समाजसंग मिलेर विद्यार्थीलाई सरसफाई अभियानमा संलग्न गराउँदा समाजमा राम्रो सन्देश जानुको साथै टोल र समुदाय सफा भई विदेशमा समेत राम्रो सन्देश जाने विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठले बताए ।

सिनामंगल नगर सेवा समाजका महासचिव जिवयराज पौडेलले करियर स्कुलका विद्यार्थीका साथै स्थानीय आमा समुह र सफाई अभियन्तासंग मिलेर नमुनाको रुपमा यस क्षेत्रमा सरसफाई अभियान शुरु गरेको बताए ।

नमुनाको रुपमा शुरु गरिएको यो अभियानलाई अर्काे वर्षदेखि टाउनप्लानिंगका विभिन्न टोल तथा विद्यालयहरुमा सरसफाइका कक्षा सञ्चालन गर्न यीनै विद्यार्थी पञ्योग गरिने पनि पौडेलले बताए ।

‘स्वच्छ, सफा, हराभरा, शान्त र सुरक्षित मनोहर वस्ती हाम्रो अभियान, यो संभव छ, जव रहन्छ सबैको साथ सहयोग र योगदान’ नारा रहेको समाजको पहलमा करियरका विद्यार्थीले स्थानीय वासिन्दालाई फोहोर व्यवस्थापनको लागि सम्झाउने, सहयो गर्ने, विभिन्न ठाउँमा डस्टवीन राख्ने र माइकिंग समेत गर्ने योजना पनि बनाएको महासचिव पौडेलले बताए ।