भक्तपुर ।
भक्तपुरमा प्रथम मिष्टर मध्यपुर शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
मध्यपुर शारीरिक सुगठन तथा फिट्नेस समितिको आयोजनामा चैत २३ शारीरिक सुगठन प्रतियोगिता हुने भएको हो ।
५५, ६०, ६५, तथा ६५ भन्दा माथि वजन भएका समूहबीच प्रतिस्पर्धा गराइने जानकारी दिदै बुधबार थिमीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकामा सञ्चालित जिम क्लवहरुमा आवद्ध खेलाडीहरुले सम्बन्धित क्लवको सिफारिसमा भाग पाउने जानकारी दिएका छन् । कुनैपनि जिल्ला, राष्ट्रिय तथा सो भन्दा माथि को प्रतियोगितामा पदक विजेता खेलाडीले यस प्रतियोगितामा सहभागि हुन नपाउने समेत आयोजकले जनाएका छन् ।
तौल समूहका समूहगत विजेता खेलाडीहरुबीच प्रतिस्पर्धा गराई सो मा प्रथम हुने खेलाडीलाई प्रथम मिष्टर मध्यपुर मेयर कपको उपाधिका साथै ट्रफी, ब्यानेट र २५ हजार द्वितीय, तृतीय र चौंथो हुने खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिइने आयोजकले जनाएका छन् ।