७ जिल्लामा प्रजिअ परिवर्तन, २३ उपसचिवकाे सरूवा

363

काठमाडौं । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरेकाे छ । साथै २३ जना उपसचिवको सरुवा समेत गरेको छ ।

सोमबार गरिएको सरुवामा दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन् ।

दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डे, संखुवासभामा जीवन प्रसाद दुलाल प्रमुख जिल्ला अधिकारी भएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ ।

संखुवासभाका नयाँ प्रमुख जिल्ला अधिकारी भएका दुलाल यसअघि ललितपुरस्थित नख्खु कारागारका जेलर थिए । । उनको स्थानमा वेदप्रसाद अर्याल प्रमुख जेलर बनेका छनेका छन् ।