भक्तपुरमा बलात्कारी बाबु आमाद्दारा पक्राउ

446

भक्तपुर । विभिन्न डर त्रासमा राख्दै छोरी बलात्कार गर्ने बाबुलाई आमाले नै प्रहरीको जिम्मा लगाएकी छन् । रामेछाप उमाकुण्ड गाउँपालिका १ घर भई हाल चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने बर्ष ३५ को ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नी सौतेनी छोरीलाई उसले पटक पटक बलात्कार गरेको भन्दै आमाले नै प्रहरीमा उजुरी गरेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आफ्नी १५ बर्षिया सौतेनी छोरीलाई विगत २ बर्ष देखी डर त्रास देखाई आफ्नै घरमा पटक–पटक जबरजस्ती करणी गर्दै आएको उजुरीको आधारमा सौतेनी बुबालाई नियन्त्रणमा लिई सोमबार जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य गरिहेको प्रहरीले जनाएको छ ।