काठमाडौं । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको पोखरामा यही चैत २८ र २९ गते हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पत्रकार सम्मेलनमार्फत तयारी पूरा भएको जानकारी गराए ।
सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने र सो सम्मेलनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहने उनले बताए । सम्मेलनमा जिल्ला–जिल्लामा पार्टीको स्रोतलाई सुदृढ, पारदर्शी र जवाफदेही बनाउन सबै कोषाध्यक्षलाई प्रशिक्षण दिनु नै मुख्य उद्देश्य रहेको उनले बताए ।