कृषि क्षेत्रको उत्पादनमा राज्यले प्रोत्साहन गर्नुपर्नेःकृषि मन्त्री

363

भक्तपुर । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको उत्पादनमा राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ
खरिपाटि डेरी प्रा.लिले आयोजना गरेको मोबाइल रेफ्रिजेरेटेड भ्यानको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषि क्षेत्रको उत्पादनमा राज्यले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको हो ।


नेपालको उत्पादन प्रणाली परम्परागत, निर्वामुखी साथै काम चलाउ छ जसले आधुनिक बजारमा हामी प्रतिष्पर्धा गर्न असक्षम छौं र हामी पर निर्भरतामा गई सकेका छौ अव पनि हामीले आफूले आफूलार्य सुधार गर्दै आधुनिक कृषि प्रणालीमा नजानेहो भने हामी परजिवी हुने पक्का छौं मन्त्री खनालले बताउनुभयो ।
देशको कुल गार्यस्थ उत्पादनमा ठुलो योगदान दिने कृषि क्षेत्रमा नै अरबौंको खाद्यायान्न आयात गर्नुपर्ने विडम्वना बताउँदै उहाँले अव हामीले देशलाई नयाँ ढंगबाट कृषि क्रान्तिमा लैजानु आवश्यक भएको बताउनुभयो । उहाँले अव राज्यले देशको उत्पादन केहि महंगो भएपनि स्वदेशी नै प्रयोग गर्नु पर्ने निती ल्याउँदै स्वदेशी उतपादनलाई प्रोत्साहन दिनु पर्ने बताउनुभयो ।
मन्त्री खनालले निर्यातमुखी वस्तुहरुको उत्पादनमा वृद्धि गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।
कार्यक्रममा डेरीका अध्यक्ष राजाराम खड्काले अफू अझ डेरी उद्यमलाई विकास गर्न लागी पर्ने बताउनुभयो । दुध लगाएत विभिन्न कृषि उत्पादनमा हामी आत्म निर्भर हुन् सके देशको पैसा देशमा नै रहने र देशलाई समेत आर्थिक भार नपर्ने बताउँदै उहाँले अव सवै डेरी ब्यवसायी आधुनिक प्रणालिमा जानु पर्ने बताउनुभयो ।