मेलामा आयोजित भलिबल प्रतियोगितामा एनसिसिले उचाल्यो ट्रफि

307

भक्तपुर । औद्योगिक, पर्यटन तथा व्यापार मेलामा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधी एनसिसि ब्वाइजले हात पारेको छ । देशभरबाट १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा थ्रि स्टार क्लब दोस्रो भयो भने सुर्यविनायक युवा क्लब तेस्रो भयो । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु.५० हजार, ट्रफि तथा मेडल, दोस्रोलाई ३० हजार, ट्रफि र मेडल र तेस्रो हुने टिमलाई २० हजार, ट्रफि, मेडल पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक दिपक थापालmे जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गर्नुभयो ।