प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री वागीश्वरीमा

314

भक्तपुर । प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले वागीश्वरी स्कुल र वागीश्वरी कलेज च्याम्हासिंह भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । अवलोकनको साथमा प्रदेश सभाका सदस् प्रतिमा श्रेष्ठ पनि हुनुहुन्थ्यो ।
अवलोकनका क्रममा उहाँहरुले वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिस“ग कलेजको वस्तुस्थितिको बारे जानकारी लिनुभएको थियो ।
अध्यक्ष प्रजापतिले कलेजको बारेमा जानकारी दिनुहुँदै कलेजले तुमचो–चोखा–दुगुरे आवास योजनासँग किनेको १ रोपनी ७ आना जग्गामा आफ्नै भवन निर्माणको प्रकृया अगाडि बढाएको हुँदा प्रदेश सरकारको तर्फबाट पनि उचित सहयोगको अपेक्षा गर्नुभयो ।
सो अवसरमा प्राचार्य धनकुमार श्रेष्ठले कलेजमा स्नातक र स्नातकोत्तर तहमा मानविकी र व्यवस्थापन सङ्कायको अध्ययन अध्यापन भइरहेको र कुल विद्यार्थी ८६६ जना रहेको जानकारी दिनुहुँदै परीक्षाफल पनि उत्कृष्ट रहेको जानकारी दिनुभयो ।
यस अघि च्याम्हासिंहको स्कुल प्राङ्गणमा मन्त्री दुलाल र सांसद श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व र प्राचार्य कृष्णप्रसाद धन्छाले फूलको गुच्छा र खाडाले स्वागत गर्दै विद्यालयको विभिन्न पक्षको अवलोकनका साथ जानकारी दिनुभएको थियो ।
अवलोकनको क्रममा मन्त्री दुलालले एक विद्यालय एक नर्स कार्यक्रम अरु विद्यालयमा पनि विस्तार गर्ने र हाल सञ्चालित विद्यालयमा पनि सामग्री थप्ने जानकारी दिनुभयो ।
मन्त्री दुलाल र सांसद श्रेष्ठले कलेजको आगन्तुक पुस्तिकामा “चार हजारभन्दा बढी विद्यार्थी पठनपाठन गर्ने यस शिक्षालयको सर्वाङ्गीण विकासको शुभकामनासहित प्रदेश सरकार साथमा रहने” विचार व्यक्त गर्नुभएको छ ।
पुस्तिकामा उहा“हरुले “भौतिक पूर्वाधार, शैक्षिक सामग्री व्यवस्थापन, प्रयोगशाला लगायतको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर राम्रो रहेको र यसलाई अझै सुदृढ गर्न सकिने सम्भावना” भएको उल्लेख गर्नुभएको छ ।
कलेज र स्कुलको तर्फबाट उहाँहरुलाई मायाको चिनोसहित प्रकाशित कलेजको जर्नल, साहित्य स“गालो, स्मारिका लगायत प्रदान गरिएको थियो ।