लुक्लामा विमान दुर्घटना,२ को मृत्यु

574

सोलुखुम्बु – नयाँ बर्षकै दिन लुक्लामा विमान दुर्घटना भएको छ ।
तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको हो ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको विमान विमान ठेक्किँदा दुर्घटना भएको हो । विमान ठाकिनै वितिकै आगो लागेको थियो ।

समिट एयरको जहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ।

घटनाको सम्वन्धमा विस्तृत विवरण आउन बाँकी छ ।