‘सार्वजनिक सम्पत्ति दोहन हुनु दुर्भाग्य’ : मन्त्री ज्ञवाली

304

शंखमुलमा यँतापौ वहुउद्धेश्यीय भवनको शिलान्यास

बलराम प्यासी
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३१ शंखमुल येँतापौ मार्गस्थित येँतापौ पाटीे परिसरमा येँतापौं गुथि संस्थाले वहुउद्धेश्यीय भवन (चपाःछें) निर्माण गर्न लागेको छ ।
नेपाली परम्परागत इँटा र काठको प्रयोग गरी निर्माण गर्न लागिएको सो भवनको नयाँवर्षको पहिलो दिन आइतबार शिलान्यास गरिएको छ ।
ललितपुर र शंखमुलक्षेत्रमा खेतीकिसानी गर्ने किसान र शहर पस्ने वटुवाहरुको लागि ओत लाग्ने उद्धेश्यले २८२ वर्षअघि येँतापौ पाटी निर्माण गरिएको थियो । २०७२ सालको महाभूकम्पमा भत्केको सो पाटी येँतापौं गुथि संस्थाको सकृयतामा गतवर्षमात्रै पुननिर्माण सम्पन्न भएको थियो । सोही पाटी परिसरमा वहुउद्धेश्यीय भवन बनाउन लागिएको हो ।
करीव २ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको अन्डरग्राउण्डसहित तीनतल्ले आधुनिक र सुविधासम्पन्न वहुउद्धेश्यीय भवन निर्माणको लागि काठमाडौं १ नं क्षेत्रका सांसद एवम् पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सांसद—साझेदारी कार्यक्रम मार्फत ४५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

येँतापौं गुथि संस्थाका सचिव तीर्थलाल महर्जनका अनुसार एकवर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको र यसका लागि आवश्यक पर्ने रकम काठमाडौं महानगरपालिका, ३१ नं वडा कार्यालय, पुरातत्व विभागका साथै चन्दा संकलन गरिनेछ ।
भवन शिलान्याश समारोहलाई सम्वोधन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पछिल्लो समयमा नीजि स्वार्थको लागि सार्वजनिक सम्पत्तिको दोहन हुनु दुर्भाग्यपूर्ण कुरा भएको बताए ।
सरकारी सम्पत्तिको संरक्षण गर्नुपर्छ नत्र पाप लाग्छ भन्ने संस्कारमा आफुहरु हुर्केको उल्लेख गर्दै मन्त्री ज्ञवालीले पछिल्लो समयमा जसले जति सक्छ उति सार्वजनिक सम्पत्ति दोहन गर्नुपर्छ भन्ने व्यक्तिवादी चरित्र हावी भएको प्रति चिन्ता व्यक्त गरे ।
सांस्ृकतिक सम्पदाको पहिचानले गर्दा मात्रै देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने धारण व्यक्त गर्दै मन्त्री ज्ञवालीले भवन निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने पनि प्रतिवद्धता जाहेर गरे ।
पुर्व उपप्रधानमन्त्री एवम् काठमाडौं १ नं क्षेत्रका सांसद पकाशमान सिंहले अव्यवस्थित शहरीकरण र सार्वजनिक जग्गाको अभावमा समुदाय, छरछिमेक, टोल, वडावासीले समस्या भोग्दै आएको उल्लेख गर्दै यस्ता पाटीपौवा समुदायको चाहना अनुसार उनीहरुको सामुहिक प्रयोगको लागि हुनुपर्ने बताए ।
निर्माण गर्न लागिएको सुविधासम्पन्न वहुउद्धेश्यीय भवन निर्माणको कामले अन्यत्र पनि सकारात्मक सन्देश जाने उल्लेख गर्दै सांसद सिंहले निर्वाचन अघि गरिएका प्रतिवद्धता निार्वाचनपछि सबै सांसदले पुरा गर्नुपर्ने कुरामा पनि जोड दिए ।
जनताले तिरेको करबाट नै जनताको लागि विकासका पुर्वाधार बन्नुपर्ने सिद्धान्त अनुरुप आफुले सरकार र जनताको माध्यम बनेर जनचाहनाअनुसार काम गर्दै आएको पनि उनले बताए ।
सांसद राधेश्याम अधिकारी व्यक्तिवादी चरित्र हावी हुँदै गएको समयमा सामुहिकताको लागि बनाउन लागिएको भवनले सबैमा एकता कायम गर्न सफल हुने कुरामा जोड दिए भने कहामाडौं महानगरको ३१ न्ां वडाध्यक्ष नारायणप्रसाद भण्डारीले सार्वजनिक जग्गाको संरक्षण गर्नु अहिलेको प्रमुख काम भएको उल्लेख गर्दै फेरी पनि भुकम्प आएमा काठमाडौंका जनताले टाउको लुकाउने ठाउँ पाउन मुस्किल हुने बताए ।
येँतापौं गुथि संस्थाका थकाली वरिष्ठ समाजसेवी एवम् परम्परागत नेवारी बाजाका गुरु किशलाल महर्जनको सभापतित्वमा सो कार्यक्रम भएको थियो । कार्यक्रम विकास महर्जनले सञ्चालन गरेका थिए ।
शिलान्यास समारोहपछि परम्परागत नेवारी भोज ‘सम्हेबजी’ कार्यक्रम आयोजना गरिएको थियो ।