राष्ट्रपतिबाट शिक्षासेवी अमिर थापालाई प्रवल जनसेवाश्री

315

बलराम प्यासी ।
काठमाडौं। रास्ट्रपति विद्यादेवी भण्डारीले अरुणिमा शैक्षिक प्रतिष्ठान बौद्धका सस्थापक अध्यक्ष, वरिष्ठ शिक्षासेवी एवम् समाजसेवी बुद्धि बहादुर (अमिर) थापालाई प्रवल जनसेवाश्री विभूषण प्रदान गर्नुभएको छ ।
नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्विमा उल्लेखनिय योगदानको सम्मानस्वरुप राष्ट्रपति भण्डारीले राष्ट्रपति भण्डारीले शिक्षासेवी थापालाई राष्ट्रपति भवन शितल निवासमा आइतबार आयोजित समारोहमा विभुषित गर्नुभएको हो । नेपाल सरकारले गत संविधान दिवसको अवसरमा शिक्षासेवी थापालाई सो विभुषण प्रदान गर्ने घोषणा गरिएको थियो ।
अरुणिमा शैक्षिक प्रतिष्ठान बौद्धका सस्थापक अध्यक्ष, वरिष्ठ शिक्षासेवी एवम् समाजसेवी थापाको पहलमा २०४२ सालमा अरुणिमा शैक्षिक प्रतिष्ठानको साथै सोही वर्ष साहित्य सदन नेपालको स्थापना गरी नेपाली साहित्यको श्रीवृद्धिमा समेत योगदान गर्दै आउनुभएको छ । उहाँ साहित्य सदन नेपालका समेत संस्थापक अध्यक्ष हुनुहुन्छ ।
गुठीको रुपमा स्थापित अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत हाल अरुणिमा सेकेण्डरी स्कुल बौद्ध, नव अरुणिमा स्कुल आरुबारी र अरुणिमा शिशु सदन महांकाल गरि तीनवटा शैक्षिक संस्थामा हाल नर्सरीदेखि स्नातक तहसम्म गरी करीव २ हजार ५ सय विद्यार्थी न्यूनशुल्कमा गुणस्तरीय शिक्षा हासिल गरिराखेका छन् भने तीनसय शिक्षक कर्मचारी कार्यरत छन् ।
शिक्षासेवी थापाको पहलमा शिक्षाप्रेमीहरु भिमानन्द ढुंगाना, विनोद मिश्र, अर्जुन शाक्य र सुकदेव नेपालसमेतको संलग्नतामा २०४२ सालमा गैरनाफामुखी अरुणिमा शैक्षिक प्रतिष्ठान स्थापना गरिएको थियो । प्रतिष्ठानमा हाल २६ जना सदस्य छन ।

यसको अलावा शिक्षासेवी थापाले हरेक वर्ष ती तीनवटा विद्यालयमा एकएकजना छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था समेत गरिदिनुभएको छ । जसबाट अहिलेसम्म ३४ जना छात्राले सो शैक्षिक संस्थाबाट १० कक्षासम्म निःशुल्क अध्ययन गरिसकेका छन ।
न्यूनशुल्कमा सबैले गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने मान्यता राख्दै आउनुभएका शिक्षासेवी थापाका अनुसार ३५ वर्षको अवधिमा फाउण्डेशनको हालसम्म ७५ करोड बराबरको चलअचल सम्पत्ति छ भने करीव ७ करोड रुपैयाँ ऋण छ ।