प्लेस्टोर र एपस्टोरबाट टिकटक हटाउन सरकारको निर्देशन

254

नयाँ दिल्ली। भारत सरकारले प्ले स्टोर र एप स्टोरबाट टिकटकलाई हटाउनको लागि निर्देशन दिएको छ। भारत सरकारको इलेक्ट्रोनिक तथा सूचना प्रौद्योगिक मन्त्रालयले एपल र गुगलको एपस्टोर र प्लेस्टोरबाट टिकटक हटाउन निर्देशन दिएको हो।

यस अघि मद्रासको उच्च अदालतले सरकारलाई टिकटकले सांस्कृतिक विचलन ल्याएको र समाजलाई असर गरेको भन्दै यसमाथि प्रतिबन्ध लगाउनको लागि आदेश जारी गरेको थियो। त्यसको विरुद्धमा टिकटकको पक्षधरले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए। सर्वाेच्चले पनि मुद्धा उच्च अदालतको सो आदेश सदर हुने गरी आदेशको विरुद्धमा परेको मुद्दा खारेज गरिदिएको थियो