भक्तपुरको च्यामासिंहमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

348

भक्तपुरः च्यामासिंहमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

च्यामासिंह बाट ब्रम्हायणी तर्फ जादै गरेको बा५ख३८३९ नम्बरको निशान ट्रकले मंगलवार साझ पैदल यात्री रामेछाप सुनपाती गाउँपालिका घर भई हाल भक्तपुर नगरपालिका-९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्र बहादुर मोक्तान लाई ठक्कर दिएको हो ।

ठक्कर पछि गम्भीर घाइते भएको उनको उपचारको क्रममा मध्यपुर अस्पताल ठिमीमा ८ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधन र चालक जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखिएकाे छ । प्रहरीका अनुसार घटनाकाे सम्वन्धमा थप अनुसन्धान कार्य भईरहेको छ।