विप्लवलाई बन्द फिर्ता गर्न नेपाल तामाङ घेदुङको आग्रह

479

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)द्दारा आवहान गरेको नेपाल बन्द फिर्ता लिन नेपाल तामाङ घेदुङले आग्रह गरेको छ ।
घेदुङले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक तिथि चैतङया अर्थात चैत्रपूर्णिमा यही बैशाख ६ गते पर्ने र सो पूर्णिमाको अघिल्लो दिन बैशाख ५ गते विश्व सम्पदा बौद्द स्तुपा परिसरमा विहानबाट धार्मिक पुजा तथा साँस्कृति तेमाल जात्रा सुरु हुने भएकोले उक्त कार्यमा बाधा पुगेकोले विप्लवलाई बन्द फिर्ता लिन आग्रह गरेका हुन् ।
महासचिब मोहित कुमार तामाङले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा विप्लवलाई लाखौं तामाङहरुको आस्थाको साँस्कृतिक तेमाल जात्रालाई असर पर्ने भन्दै उक्त बन्द फिर्ता गर्न आग्रह गरेका हुन् । हजारौं बर्ष देखिको परम्परा भएकाले उक्त जात्रालाई बाधा पुग्ने गरि आवहान भएको बन्द फिर्ता गर्न आफूहरुले विप्लवलाई आग्रह गरेको तामाङले जानकारी दिनुभयो ।
विप्लव समूहले बैशाख ५ र ६ गते बन्दको आवहान गरे सँगै आफूहरुको पर्वमा पर्न गएको असरले आफूहरु मर्माहित भएको उहाँले बताउनुभयो ।
साथै घेदुङले प्रदेश नम्वर ३ सरकालाई बैशाख ५ र ६ गते तेमाल जात्राको प्रर्वदन गर्न विदा घोषणा गर्न माग समेत गरेको छ ।