काठमाडाैं । सुत्करी हुने शिक्षिकालाई अव दुई वर्ष विदा दिईने भएकाे छ ।
कुरा हाे इलामको माई नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा अध्यापनरत शिक्षिकालाई दुई वर्ष सुत्केरी बिदा दिने भएको हाे । सरकारले सुत्केरी भएका कर्मचारीलाई दुई महिना सुत्केरी बिदा दिँदै आए पनि नगरपालिकाले भने बच्चा हुर्काउन सहज होस् भनेर दुई वर्ष बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले शिक्षासम्बन्धी कार्य विधि बनाउँदै सुत्केरी बिदा दुई वर्ष दिने व्यवस्था गरेको हो ।
नजिकैको इलाम नगरपालिकाले भने सुत्केरी बिदा तीन महिना दिने व्यवस्था गरेको छ ।
गत २८ भदौमा पारित भएको माई नगरपालिकाको शिक्षासम्बन्धी कार्यविधिमा यस्तो व्यवस्था गरिएको हो ।
नगरपालिकाले कार्यविधिमा हरेक वर्षको शैक्षिक सत्र सुरु हुनुपहिले दरबन्दी मिलान गर्ने व्यवस्था समेत गरेकाे छ ।