मंगलबार आएको हावाहुरीले ३१ को मृत्यु, दर्जनौं घाइते

359

काठमाडाैं । मंगलवार अाएकाे हावाहुरीमा परि हाल सम्म ३१ जनाकाे मृत्यु भएकाे छ ।

भारतका विभिन्न राज्यमा आएको वर्षा र हावाहुरीले कम्तिमा ३१ जनाको मृत्यु भएको हाे ।

मंगलबार आएको हावाहुरीले मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जना गरी ३१ को मृत्यु भएको हो।

हावाहुरीमा कारण दर्जनौं मानिस घाइते भएका छन् भने करौडौंको बालीनाली र सम्पत्ति नष्ट भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।

अरेबियन सागर र बे अफ बंगालबाट आएको मौसमी प्रणाली र पश्चिमी वायुको प्रणाली मिसिँदा उक्त हावाहुरीसहित वर्षा भएको भारतको मौसम विभागले जनाएको छ।

यसैबीच भारत सरकारले हावाहुरीमा ज्यान गुमाउनेहरुका परिवारलाई २ लाख भारू राहत दिने घोषणा समेत गरेको छ ।

यता नेपालमा पनि हावाहुरी अाउन सक्ने माैसम पुर्वानुमान विभागले जनाएमाे छ ।