विप्लवको बन्दको प्रभाव यस्ताे छ

521

भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको प्रभाव राजधानी आंशिक देखियतापनि ग्रामिण भेगमा भने यातायात ठप्प छ ।

राजधानी उपत्यका बाहिरका जिल्लाहरूमा भने बन्दको प्रभाव परेको छ लामाे तया छाेटा दुरिका यातायात पनि बन्द हुँदा हजाराैं यात्रु अलपत्र परेका छन् ।

नेता तथा कार्यकर्ता पक्राउ परेको विरोधमा नेकपाले बिहीबार नेपाल बन्द आह्वान गरेको हाे ।

बजार र कलकारखाना पनि खुलेका छैनन् । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको देशभरि नै आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीले सुरक्षा दिइरहेकाले ढुक्क भएर गाडी चलाउन प्रहरीले आग्रह गरेको छ । तथापी यातायात चलाउन सहज वातावरण भने नभएकाे ब्यवसायी बताउँछन् ।