आज देशभर राप्रपाले विरोध प्रदर्शन गर्ने

280

काठमाडौं । हिन्दू राष्ट्र पुनः कायम गर्नुपर्नेलगायतका २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले शुक्रबार उपत्यकासहित ७४ जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाको रत्नपार्कमा र बाँकी ७४ जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न लागिएको सो पार्टीले जनाएको छ ।

विरोधका क्रममा धर्मनिरपेक्षतासम्बन्धी ब्यानर तथा पोस्टर जलाउने कार्यक्रम रहेको सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

काठमाडौंमा २ बजेपछि हुने कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका शीर्ष नेताहरु सहभागी हुने श्रेष्ठले बताए ।