दुर्लभ थापाले दोस्रो पटक सभापतिमा बाजी मारे, कसले कती मत पाए ? लिस्ट सहित

521

मंसिर १४,
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको अधिवेशनबाट पार्टी सभापति पदमा दुर्लभ थापा निर्वाचित भएका छन् । सोमबार सम्मन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेर बहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरेका हुन् । उनका निकतम प्रतिद्धन्दि अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याए । अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी थिए ।

उपसभापतिमा पनि थापा निकट समुहकै विजेश अवाल र उर्मिला वन निर्वाचिन भएका छन् । सचिवमा पनि सोही समुहकै शुसिल बस्नेत र राजेश खड्का बिजयी भए । सहसचिव पदमा सभापति थापा सुमहकै यादव प्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपानेले जित हासिल गरेका छन् । यो उनको दास्रो कार्यकाल हो । १३ औं महाधिवेशनमा पनि थापानै सभापतिमा निर्वातिचत भएका थिए ।