यसरी भयो बिहेको भोज खान गएका तीन जनाको मृत्यु

60

मंमिर १८,
कञ्चनपुर । जिल्लाको झलारीमा बिहेको भोज खान गएका तीन जना स्थानीयहरुको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। महेन्द्रनगरको दैजीबाट लालझाडीको रैकौवातर्फ जाँदै गरेको से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शुक्रबार दिउँसो तीन बजे ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। लालझाडी गाउँपलिका-९ की ६५ वर्षीया द्रौपती राना, ३३ वर्षीय रतन राना र ५५ वर्षीया रानी राना रहेको प्रहरीले जनाएको छ।

ट्याक्टरमा १४ जना सवार थिए। बाँकी ११ जना घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरू विवाहको भोज खान ट्याक्टरमा हिँडेका थिए। ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्र शाहले बताए।